आईपीएल

राजस्थानले दियो कोलकातालाई १५२ रनको लक्ष्य

नेपालभ्युज

राजस्थानले दियो कोलकातालाई १५२ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलाकाता नाइट राइडर्सलाई १५२ रनको मध्यम लक्ष्य दिएको छ ।

गुवाहाटीमा बुधबार राति जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको हो ।

राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३, यशस्वी जैसवालले २९ र कप्तान रियान परागले २५ रन बनाए ।

कोलकातामा चार बलरले दुई–दुई विकेट लिए । जसमा मोइन अली सबैभन्दा किफायती बन्न सफल रहे ।

आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved