मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलको पोष्टमा गर्‍यो ४ गोल

नेपालभ्युज

मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलको पोष्टमा गर्‍यो ४ गोल

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिलको पोष्टमा ४ गोल गरेको छ ।

लियोनेल मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको हो  ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गर्दै जित सुनिश्चित गरे।

चौथो मिनेटमा थियागोल अल्माडाको पासमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि १२ औं मिनेटमा एन्जो फर्नान्डेजले नाहुल मोलिनाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

ब्राजिलका लागि माथिउस कुन्हाले २६ औं मिनेटमा एक गोल फर्काएर ब्राजिललाई खेलमा फर्काउने सङ्केत दिएका थिए। तर, अर्जेन्टिनाका म्याक एलिस्टरले ३७ औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै पहिलो हाफमै ३-१ को अग्रता बनाउन सफल भए।

दोस्रो हाफमा अर्जेन्टिनाले एक गोल थप्यो। ७४ औं मिनेटमा सिमीओनीले गोल गर्दै अर्जेन्टिनाको जित निश्चित गरे ।

यो जितपछि अर्जेन्टिना १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा कायमै छ। ब्राजिल भने २१ अंकसहित चौथो स्थानमा छ । इक्वेडर र उरुग्वे क्रमशः २३ र २१ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

यस प्रतियोगितामा शीर्ष ६ स्थानमा रहने टोली सीधै विश्वकपमा छनोट हुनेछन्, जबकि सातौं स्थानमा रहने टिमले अन्तरमहादेशिय प्लेअफ खेल्नेछ ।

अन्य खेलमा उरुग्वे र बोलिभिया, इक्वेडर र चिलीले गोलरहित तथा कोलम्बिया र पाराग्वेले २-२ को बराबरी खेले भने भेनेजुएलाले पेरुलाई १-० ले हरायो ।

अर्जेन्टिनाले अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved