काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध अझै बलियो हुने बताएका छन् ।
सुजता कोइरालाद्वारा लेखिएको ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले जेलमेटसमेत रहेका ओलीसँगको सम्बन्ध अझ बलियो हुने बताएका हुन् ।
‘ओलीजी र काङ्ग्रेस पार्टीबीच सम्बन्ध सुमधुर भएको छ । सेन्ट्रल जेलमा गोलघर भन्ने ठाउँमा छ । उहाँ त्यस्तो ठाउँमा बस्नुभएको मान्छे हो,’ देउवाले भने, ‘राजनीतिक झगडा आफ्नो ठाउँमा छ । तर, उहाँ जेलमेट पनि हो । हाम्रो सम्बन्ध राम्रो हुँदै आयो । अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन ।’
काङ्ग्रेसको तर्फबाट प्रधानमन्त्री ओलीलाई पूर्ण समर्थन हुने देउवाले बताए । देउवाले गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै उनकै कारणले आफू पार्टी सभापति भएको बताए ।
Facebook Comment
Comment