प्रधानमन्त्री कपमा ललितको कीर्तिमानी सय विकेट

नेपालभ्युज

प्रधानमन्त्री कपमा ललितको कीर्तिमानी सय विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट पूरा गर्ने ललित राजवंशी पहिलो खेलाडी बनेका छन् ।

कर्णालीविरुद्धको खेलमा दिवान पुनलाई आउट गर्दै उनले १०० विकेट पूरा गरेका हुन् । उनले आफ्नो ४०औं खेलमा कीर्तिमान बनाएका हुन् ।

जारी संस्करणमा उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् । उनले ८ खेलमा ३३ विकेट लिइसकेका छन् ।

प्रधानमन्त्री कपमा सबैभन्दा धेरै विकेट लिने सूचीमा त्रिुभवन आर्मी क्लबका शाहब आलम दोस्रो स्थानमा छन् । उनले ९९ विकेट लिएका छन् । ६९ विकेट लिएका सुदूरपश्चिमका शेर मल्ल भने तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved