सरकारलाई बालेनको चुनौती : गलत भए मलाई जेल हाल

नेपालभ्युज

सरकारलाई बालेनको चुनौती : गलत भए मलाई जेल हाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले का प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा आफू गलत भए जेल हाल्न केन्द्र सरकारलाई चुनौती दिएका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध महानगरका कर्मचारीले बनाएको राय प्रतिवेदन मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

बालेनले गुरागाईंलाई भ्रष्टाचारीको संज्ञासमेत दिएका छन् ।

‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल,’ उनले फेसबुकमा लेखेका छन् ।

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न एउटा समिति बनाएका थिए । उक्त छानबिन समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको प्रतिवेदन तयार गरेपछि उनले त्यो बुझ्न मानेनन् ।

त्यसपछि महानगरकै तीन विभागीय प्रमुखले प्रतिवेदन लेखेका थिए । जसमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्सालाई निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ ।

बालेनले सोही प्रतिवेदन फेसबुकमा हालेका हुन् ।

यसअघि उनले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका थिए ।

उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारकै दम्भका कारण विगत तीन महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु : बालेन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved