एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु : बालेन

नेपालभ्युज

एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।

मेयर शाहले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत्  सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ उनले फेसबुकमा लेखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’

उनले लेखेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved