युक्रेनको राजधानीमा रुसी आक्रमण : पाँच वर्षे बालिकासहित तीन जनाको मृत्यु, १० घाइते

नेपालभ्युज

युक्रेनको राजधानीमा रुसी आक्रमण : पाँच वर्षे बालिकासहित तीन जनाको मृत्यु, १० घाइते

किभ । युक्रेनको राजधानी किभमा शनिबार रातभर रुसी ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् ।

किभका अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार आक्रमणबाट पाँच वर्षकी बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

‘उपलब्ध जानकारीअनुसार पाँच वर्षको बच्चासहित तीन जनाको मृत्यु भयो । अन्य १० जना घाइते भएका छन्,’ किभ सहरको सैन्य प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेको छ, ‘घाइतेहरूमध्येएक जना केवल ११ महिनाको बच्चा पनि रहेका छन् ।’

सामाजिक सञ्जालमा प्रसारित फुटेजका अनुसार ड्रोनले किभका धेरै जिल्लाहरूलाई लक्षित गरी व्यापक आक्रमण गरेको थियो ।

रुसी र युक्रेनी प्रतिनिधिमण्डलले सोमबार साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँग समानान्तर युद्धविराम वार्ता गर्ने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved