गणतान्त्रिक संविधानको पक्षमा दृढ छौं : नेपाली काङ्ग्रेस

नेपालभ्युज

गणतान्त्रिक संविधानको पक्षमा दृढ छौं : नेपाली काङ्ग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसले सङ्घिय  लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिवद्ध व्यक्त गरेको छ ।

आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्न आवश्यक नै नभएको निष्कर्ष निकालेको हो ।

‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो ।नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ’ काङ्ग्रेसले निर्णयमा भनेको छ, ‘संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ । यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved