ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् : देउवा

नेपालभ्युज

ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् ।

बरु उनले ज्ञानेन्द्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभापति बन्न सुझाव दिएका छन् ।

“ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि,” पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, “त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि दुख पाउँछन् ।”

उनले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबीसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved