टर्कीमा मेयर गिरफ्तारीको विरोधमा प्रदर्शन जारी, जनतालाई ध्रुवीकरण गरेको एर्दोगानको आरोप

नेपालभ्युज

टर्कीमा मेयर गिरफ्तारीको विरोधमा प्रदर्शन जारी, जनतालाई ध्रुवीकरण गरेको एर्दोगानको आरोप

काठमाडौं । टर्कीको इस्तानबुलका मेयर इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विरोध प्रदर्शन जारी छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रतिद्वन्द्वी इमामोग्लुलाई बुधबार पक्राउ गरिएको विरोधमा आइतबारसम्म पनि जारी रहेको हो ।

यो कारबाही इमामोग्लुलाई सन् २०२८ को राष्ट्रपति पदको उम्मेदवारको रुपमा छनोट हुनुभन्दा केही दिनअघि गरिएको थियो ।

यसपछि इमामोग्लुका समर्थकहरू सडकमा उत्रिए । बिहीबारदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ ।

टर्कीका अधिकारीहरूले प्रदर्शनको तेस्रो दिन शुक्रबार राति देशभर ३४३ जनालाई पक्राउ गरिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

इमामोग्लु शनिबार इस्तानबुल अदालतमा उपस्थित भएका थिए । त्यहाँ अभियोजकहरूले उनलाई आतङ्कवाद र भ्रष्टाचारको आरोपमा औपचारिक गिरफ्तारीका लागि अपिल गरे ।

इमामोग्लुले भने आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेका छन् ।

आफ्नो भाषणमा एर्दोगानले बढ्दो विरोध प्रदर्शनको निन्दा गरेका छन् । उनले इमामोग्लुको विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)लाई ’शान्ति खलबल्याउने र जनतालाई ध्रुवीकरण गर्ने’ प्रयास गरेको आरोप लगाए ।

टर्कीमा चर्कियो प्रदर्शन, एक हजारभन्दा बढी राजनीतिज्ञ, पत्रकार र व्यापारिक नेताहरू गिरफ्तार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved