भक्तपुरको नीलबाराहीमा एक पुरुष मृत फेला, हत्याको आशङ्का

नेपालभ्युज

भक्तपुरको नीलबाराहीमा एक पुरुष मृत फेला, हत्याको आशङ्का
प्रतीकात्मक तस्वीर

काठमाडौं । भक्तपुरको बोडेस्थित नीलबाराहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका-९ बोडे नीलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका हुन् ।

ती व्यक्ति कबाडीको सामान सङ्कलन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । मृतक राईको दाहिने कानको छेउ र टाउकामा समेत चोट लागेको पाइएको छ ।

शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रनाउ ढुण्डीराज नेउपानेले बताए ।

शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved