गाजामा इजरायली हवाई आक्रमण : हमासका शीर्ष नेता र उनकी श्रीमतीको मृत्यु

नेपालभ्युज

गाजामा इजरायली हवाई आक्रमण : हमासका शीर्ष नेता र उनकी श्रीमतीको मृत्यु

काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायलले हवाई आक्रमण गरेको छ ।

उक्त आक्रमणबाट आफ्ना शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविल मारिएको हमासका एक अधिकारीले जानकारी दिएको बीबीसीले जनाएको छ ।

स्थानीयहरूले हवाई आक्रमणमा बर्दाविल र उनकी श्रीमती दुवैको मृत्यु भएको बताएका छन् । यद्यपि, इजरायली अधिकारीहरूको तर्फबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन ।

मङ्गलबार पनि इजरायली सेनाले गाजामा ठूलो आक्रमण गरेको थियो । यी आक्रमणका लागि इजरायलले हमासलाई जिम्मेवार ठहर्याएको छ ।

पछिल्ला आक्रमणहरूले जनवरी १९ मा सुरु भएको र लगभग दुई महिनासम्म शान्ति कायम राखेको युद्धविराम सम्झौता समाप्त पारेको छ ।

इजरायल र हमासले दुवैले एकअर्कामाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा गाजाका विभिन्न भागमा ३२ प्यालेस्टिनीको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved