धनुषामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालभ्युज

धनुषामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
सांकेतिक तस्वीर

जनकपुरधाम । धनुषामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय ७० बर्षिय रबिन्द्र मण्डल रहेको प्रहरीले जनाएकाे छ ।

जनकपुर ढल्केवर राजमार्गको लक्ष्मीनियाँ ६ लेनको सडकखण्ड अन्तर्गत साँझ करिब ७ः१५ बजेको समयमा जनकपुरबाट काठमान्डौंको लागि छुटेको बसले बाटो काट्दै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहका अनुसार बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले ठक्कर दिँदा मण्डलको मृत्यू भएको हो ।

अहिले बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved