देशका धेरै ठाउँमा हल्का वर्षा, आइतबारदेखि पश्चिमबाट मौसम सुधार हुने

नेपालभ्युज

देशका धेरै ठाउँमा हल्का वर्षा, आइतबारदेखि पश्चिमबाट मौसम सुधार हुने
सांकेतिक तस्वीर

काठमाडौं । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाडौंसहित अन्य ठाउँमा फाट्टफुट्ट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश र पूर्वका केही ठाउँमा अहिले पनि मेघगर्जन र चट्याङसहित फाट्टफुट्ट पानी परेको छ । आज दिउँसो र बेलुकीपख पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

भोलि आइतबारदेखि पश्चिमबाट मौसम सुधार हुने महाशाखाले जनाएको छ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रसहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved