प्रधानमन्त्री कप क्रिकेट : आर्मीले गण्डकीलाई हरायो, आलमको पाँच विकेट

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : आर्मीले गण्डकीलाई हरायो, आलमको पाँच विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

छैटौँ जित हासिल गर्ने क्रममा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । तालिकाको पुछारमा रहेको गण्डकीको यो छैटौँ पराजय हो ।

११७ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर २६.५ ओभरमा पूरा गरेको थियो । आर्मीका ओपनर त्रृतराज दासले ३७ रन र बसिर अहमदले नटआउट ३२ रन बनाए ।

दाङको लमहीमा शुक्रबार पहिले ब्याटिङ गरेको गण्डकी ३०.३ ओभरमा अलआउट भयो र जम्मा ११६ रन बनाउन सक्यो । ओपनर अर्जुन कुमालले सबैभन्दा बढी ३३ रन बनाए ।

आर्मीका साहब आलमले पाँच विकेट लिएपछि गण्डकी सस्तैमा अलआउट भएको थियो ।  कुशल मल्ल र नरेन साउदले २-२ विकेट लिए । नरेनले मात्र ३ बल फाल्ने मौका पाएका थिए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved