नेसन्स लिग

रोनाल्डोको पोर्चुगल डेनमार्क र एमबाप्पेको फ्रान्स क्रोएसियासँग पराजित

नेपालभ्युज

रोनाल्डोको पोर्चुगल डेनमार्क र एमबाप्पेको फ्रान्स क्रोएसियासँग पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा दुई पूर्वविजेता पोर्चुगल र फ्रान्स पराजित भएका छन् ।

शुक्रबार बिहान भएका क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगल डेनमार्कसँग र फ्रान्स क्रोएसियासँग स्तब्ध बनेका हुन् ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल अन्डर डग टोली डेनमार्कसँग १–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोली डेनमार्कको जितमा अन्ते बुडिमिरले खेलको ७८औं निर्णायक गोल गरे ।

यस्तै अर्को खेलमा साविक उपविजेता क्रोएसियाले केलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्सलाई २–० ले हरायो । अन्ते बुडिमिरले २६औं मिनेटमा नै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा इभान पेरेसिचले गोल थप्दै क्रोएसियाको जित सुनिश्चित गरे ।

अब पोर्चुगल र फ्रान्सले सेमिफाइनलमा पुग्न यही मार्च २४ मा घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउनु पर्ने हुन्छ । यही नतिजा कायम रहे दुवै टोली बाहिरिने छन् ।

शुक्रबार बिहान नै भएको अर्को खेलमा जर्मनीले इटालीलाई हरायो भने नेदरल्यान्ड्स र स्पेनले बराबरी खेले ।

साविक विजेता स्पेनले १० खेलाडीमा सीमित नेदरल्यान्ड्ससँग हार टार्‍यो

 

इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved