नेसन्स लिग

साविक विजेता स्पेनले १० खेलाडीमा सीमित नेदरल्यान्ड्ससँग हार टार्‍यो

नेपालभ्युज

साविक विजेता स्पेनले १० खेलाडीमा सीमित नेदरल्यान्ड्ससँग हार टार्‍यो

काठमाडौं । युईएफए नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा साविक विजेता स्पेन १० खेलाडीमा सीमित नेदरल्यान्ड्ससँग हार टारेको छ ।

रोत्तरडममा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्सले स्पेनलाई २–२ गोलको बराबरीमा रोकेको हो ।

स्पेनले खेल नवौं मिनेटमा नै निको विलियम्सको गोलमा अग्रता लिएको थियो । तर घरेलु टोलीका लागि कोढी गाक्पोले २८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तिज्जानी रेइज्न्डेर्सले ४६औं मिनेटमा गोल गरेर नेदरल्यान्ड्सलाई अग्रता दिलाए । तर जोर्रेल होटोले ८१औं मिनेटमा रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो । यसको फाइदा उठाउँदै स्पेनले खेलको अतिरिक्त समयमा बराबरी गोल गर्यो । मिकेल कोरिनाले पाहुना टोलीको हार टारेका हुन् ।

अब सेमिफाइनल प्रवेशका लागि यी २ टोलीबीच यही मार्च २४ मा स्पेनको मैदानमा निर्णायक खेल हुनेछ । यसको विजेता अन्तिम ४ मा पुग्नेछ ।

शुक्रबार बिहान नै भएको खेलमा इटाली घरेलु मैदानमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी जर्मनीसँग पराजित भएको छ ।

हेरौं समाचार :

इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved