काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले पुनरावेदन गर्ने

नेपालभ्युज

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले पुनरावेदन गर्ने
फाइल तस्वीर ।

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुनरावेदन गर्ने भएका छन् ।

माघ ३ गते काठमाडौं जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न उनी आज (शुक्रबार) विहान ११ बजे पाटन उच्च अदालत जाने रास्वपा स्रोतले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved