जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान वितरण सुरु

नेपालभ्युज

जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान वितरण सुरु

काठमाडौं । जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीहरूलाई स्थायी आवास पुनर्निर्माण अनुदानको पहिलो किस्ता वितरण प्रारम्भ भएको छ।

विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भएको रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ बाट अनुदान वितरण कार्य सुरु भएको हो। मङ्गलबार चौरजहारी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसअनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम)ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार पुनर्निर्माण लाभग्राही कायम भएका १० घरपरिवारमध्ये बुधबार चौरजहारी नगरपालिका वडा नं. २ स्थित विष्णुप्रसाद गौतम र शसिला रावतसँग वडा नं २ का वडाध्यक्ष वीरबहादुर रानाले अनुदान सम्झौता गरे।

अनुदान सम्झौतासँगै दुवै लाभग्राही परिवारलाई ५० हजार रुपैयाँका दरले पहिलो किस्ता भुक्तानी समेत भएको छ। विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ अनुसार लाभग्राहीले अनुदान रकम बैंक खातामार्फत् प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved