उद्योगमा मात्रै होइन, अबदेखि सर्वसाधारणको घरमा समेत लोडसेडिङ : ऊर्जामन्त्री

नेपालभ्युज

उद्योगमा मात्रै होइन, अबदेखि सर्वसाधारणको घरमा समेत लोडसेडिङ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा मात्रै नभएर घरायसी ग्राहकले पनि लोडसेडिङ भोग्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बेठकमा बोल्दै उनले सर्वसाधारणले पनि लोडसेडिङ व्यहोर्नुपर्ने बताएका हुन् । विद्युतको मागअनुसार आपूर्ति  हुन नसकेपछि लोडसेडिङ हुने उनको भनाइ छ ।

साँझको समयमा सर्वसाधरणले लोडसेडिङ व्यहोर्नुपर्ने उनले बताए । ”सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन,’ उनले भने,’ हिजो पनि लोडसेडिङ थियो, आज पनि छ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काले दोहोर्‍याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved