युवा साहित्यिक सम्मेलन गर्दै युवा सङ्घ

नेपालभ्युज

युवा साहित्यिक सम्मेलन गर्दै युवा सङ्घ

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालले युवामा सकारात्मक सोचको विकास गर्न ‘युवा साहित्यिक सम्मेलन’को आयोजना गरेको छ ।

अहिले युवाहरुमा बढ्दै गएको नकारात्मक सोचलाई साहित्यमार्फत सकारात्मक बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको सङ्घका उपाध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।

‘बौद्धिक र सकारात्मक सोचका युवा : युग परिवर्तनका खम्बा’ मुल नाराका साथ युवा साहित्यिक सम्मेलन यही २० गते काठमाडौंमा हुनेछ ।

वक्तृत्वकला प्रतियोगिताका लागि पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ, निबन्ध प्रतियोगितामा प्रथम हजार, दोस्रो ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ तोकिएको छ ।

कविता प्रतियोगिताका लागि प्रथम ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार तथा गजल प्रतियोगितामा प्रथमलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार पुरस्कार तोकिएको छ ।

पहिलो चरणमामा सहभागी भएर छनोट गरिएका प्रतियोगीलाई सङ्घले तालिम दिएर दोस्रो चरणमा सहभागी गराइनेछ ।

सम्मेलनमा युवाहरुले मुलुकका लागि सकारात्मक सन्देश जाने खालका कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गर्ने बताइएको छ । उत्कृष्ट हुनेलाई पुरस्कारसमेत व्यवस्था गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved