चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय

नेपालभ्युज

चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश प्रसाद भट्टलाई नियुक्त गरेको छ ।

चैत्र ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले विश्व बैङ्कमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ भने ऋण असुली न्यायाधीकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरिएको उनले बताए ।

बैठकले चैत्र २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको प्रवक्ता गुरुङले बताए ।

मन्त्रिपरिषद्ले नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने र जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालन समितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved