प्रधानमन्त्री कप क्रिकेट:

लुम्बिनीले सुदूरपश्चिमलाई दियो सामान्य लक्ष्य

नेपालभ्युज

लुम्बिनीले सुदूरपश्चिमलाई दियो सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ११७ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा लुम्बिनी ४४.१ ओभरमा ११६ रन बनाएर अलआउट भएको हो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ४१ र प्रज्वल थापाले ३० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट लिए । शेर मल्ल, मिलन बोहरा तथा सौर्य श्रेष्ठले २/२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved