ट्रम्प र पुटिनबीच फोन वार्ता

नेपालभ्युज

ट्रम्प र पुटिनबीच फोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ ।

उनीहरुबीच फोन वार्ता सुरु भएको ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पुष्टि गरेको बीबीसीले लेखेको छ ।

ह्वाइट हाउसका उप-प्रमुख कर्मचारी ड्यान स्काभिनोले ट्वीट गर्दै ट्रम्पले “हाल” पुटिनसँग कुरा गरिरहेको जानकारी दिएको बताइएको छ । “वार्ता राम्रो हुँदैछ, र जारी छ,” उनले भने।

स्काभिनोले पोस्ट गर्नुभन्दा केही क्षणअघि, ह्वाइट हाउसका कर्मचारीहरूले वार्ता भइरहेको छ कि छैन भन्नेमा अनिश्चितता व्यक्त गरेको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved