महादेव क्याम्पसमा नेविसङ्घको प्यानलनै विजयी

नेपालभ्युज

महादेव क्याम्पसमा नेविसङ्घको प्यानलनै विजयी

काठमाडौं । नुवाकोटको महादेव क्याम्पस रातमाटेमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसङ्घको प्यानलनै विजयी छ ।

मङ्गलबार भएको भएको स्ववियु निर्वाचनको अन्तिम मत परिणामअनुसार सो क्याम्पसमा नेविसङ्घको प्यानलनै विजयी भएको हो ।

सभापतिमा नेविसङ्घकी दीपा नेपाल ५२ मत सहित विजयी हुँदा अनेरास्ववियुका प्रज्ज्वल लामिछानेले २५ मत मात्रै  पाए।

सो क्याम्पसमा  एक सय १४ मध्ये ८८ मत खसेको निर्वाचन समितिले जनाएको छ। १० मत बदर भएको थियो। समानुपातिकतर्फ सो क्याम्पसमा नेविसङ्घले ५५ र अखिलले २४ मत पाएको छ।

निर्वाचनमा सत्तारुढ दल काङ्ग्रेसको विद्यार्थी संगठन नेविसङ्घ  र एमालेको अनेरास्ववियुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved