चार दिनदेखि सम्पर्कविहीन पुरुषको शव इनारमा फेला

नेपालभ्युज

चार दिनदेखि सम्पर्कविहीन पुरुषको शव इनारमा फेला

जनकपुरधाम । धनुषामा चार दिनदेखि सम्पर्कविहीन भएका एक पुरुषको शव इनारमा फेला परेको छ ।

मिथिला नगरपालिका–८ गुम्बा टोल बस्ने जमान सिंह घिसिङको छोरा अन्दाजी ३३ वर्षीय नारायणको शव घर छेउकै इनारभित्र भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए ।

जमानका अनुसार छोरा नारायण चारदिनदेखि सम्पर्कविहीन थिए । उनको खोजी गरिरहेकै अवस्थामा सोमबार इनारबाट दुर्गन्ध आएपछि इनारभित्र टर्च बालेर हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनाबारे सोमबार साँझ जानकारी प्राप्त भए पनि अध्यारोका कारण शव बाहिर निकाल्न सम्भव नभएपछि मङ्गलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शव इनारबाट बाहिर निकालिएको प्रहरी निरीक्षक यादवले बताए ।

शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पतालमा पठाएर अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved