इजरायलको आक्रमणमा हमासका ४ वरिष्ठ अधिकारीसहित ३ सयभन्दा धेरैको मृत्यु

नेपालभ्युज

इजरायलको आक्रमणमा हमासका ४ वरिष्ठ अधिकारीसहित ३ सयभन्दा धेरैको मृत्यु

काठमाडौं । इजरायलले गाजामा गरेको भीषण आक्रमणमा मृत्यु हुनेको सङ्ख्या तीन सय नाघेको छ ।

आक्रमणमा हमासका चारजना वरिष्ठ अधिकारी पनि मारिएका छन् । सोमबार रातिदेखि इजरायलले गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ ।

हमास सम्बद्ध मिडिया आउटलेट, फिलास्टिनका अनुसार इजरायली हवाई आक्रमणमा आन्तरिक मन्त्रालयका उपसचिव महमूद अबु वफाह मारिएका छन् ।

यस्तै सरकारी कार्य अनुगमनका प्रमुख इस्साम अल-दलिस, न्याय मन्त्रालयका उपसचिव अहमद अल-हट्टा र आन्तरिक सुरक्षा सेवाका महानिर्देशक बहजत अबु सुल्तानको पनि मृत्यु भएको हमासले जनाएको छ ।

इजरायली आक्रमणमा अन्य बालबालिका र नागरिकसहित ३३० जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ ।

जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो घटना हो । युद्धविराम विस्तार गर्ने वार्ताहरू सम्झौतामा पुग्न असफल भएपछि आक्रमण सुरु गरेको इजरायलको दाबी छ ।

हमासले युद्धविराम सम्झौता उल्टाएकोमा इजरायललाई विश्वासघातको आरोप लगाउँदै आक्रोशित प्रतिक्रिया दिएको छ । उसले गाजामा रहेका इजरायली बन्धक पनि जोखिममा परेको चेतावनी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved