अछाम केन्द्रबिन्दु भएर भूकम्प

नेपालभ्युज

अछाम केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved