मध्यराति आरआरमा अनेरास्ववियुको तालाबन्दी

नेपालभ्युज

मध्यराति आरआरमा अनेरास्ववियुको तालाबन्दी

काठमाडौं । सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भन्दै तालाबन्दी गरिएको हो ।

क्याम्पस गेटमा एक विज्ञप्ति पत्र टाँसेर तालाबन्दी गरिएको छ ।

यस विषयमा निष्पक्ष छानबिन नभएसम्म स्ववियु निर्वाचन हुन नदिइने चेतावनीसमेत दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved