नुन पानीमा भिजाएर यसरी सफा गर्न सकिन्छ तरकारी

नेपालभ्युज

नुन पानीमा भिजाएर यसरी सफा गर्न सकिन्छ तरकारी

काठमाडौं । तरकारीलाई काट्नु अघि धुने गरिन्छ । यदि तरकारी राम्रोसँग सफा नगरी पकाइयो भने त्यसमा टाँसिएका ब्याक्टेरिया र फोहोरले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ । यस्तो अवस्थामा तरकारीमा टाँसिएको फोहोर हटाउनु आवश्यक हुन्छ । यही कामका लागि तरकारीहरूलाई नुनको पानीमा हालिन्छ । यो पुरानो समयदेखि चल्दै आएको तरिका हो, जसबाट तरकारीहरूलाई सफा गरिन्छ ।

आजकल तरकारीमा विभिन्न प्रकारका कीटनाशक र रसायनहरू छरिन्छ, जसका कारण तरकारी स्वास्थ्यका लागि फाइदाभन्दा बढी हानिकारक हुनसक्छ । यस्तो अवस्थामा तरकारीलाई नुनको पानीले धुने वा नुनको पानीमा तरकारी भिजाएर राख्दा हुने फाइदाहरू र यो विधि कसरी प्रयोग गरिन्छ भन्ने जानौँ ।

नुनको पानीमा तरकारी भिजाएर राख्नका लागि एउटा ठूलो भाँडो जस्तै परात लिनुहोस् । यसमा पानी भर्नुहोस् र त्यसमा एकदेखि डेढ चम्चा नुन र अलिकति बेसार मिसाउनुहोस् । यो पानीमा तरकारीलाई १५ देखि २० मिनेटसम्म भिजाएर राख्नुहोस् । यसो गर्दा तरकारीमा टाँसिएका ब्याक्टेरिया, कीटनाशक र अन्य फोहोर हट्छ ।

तरकारी नुनको पानीमा राम्रोसँग भिजिसकेपछि नुनको पानी फालेर भाँडोमा सफा पानी भर्नुहोस् र तरकारीलाई राम्रोसँग धोएर सफा गर्नुहोस् । तरकारी काट्दा तरकारीको बोक्रा ताछेर निकाल्नुहोस् । यसो गर्दा स्वास्थ्यमा नुनको पानीका साइड इफेक्ट हुँदैन ।

ध्यान दिनुपर्ने कुरा

  • यदि तपाईं तरकारी वा फलहरूको बोक्रा निकालेर फाले पनि त्यसलाई पुनः एकपटक धुनु आवश्यक हुन्छ ।
  • तरकारी धुँदा तिनीहरूलाई धारामा बग्दै गरेको पानीमुनि राखेर धुनुहोस् । यसले तरकारी राम्रोसँग सफा हुन्छ ।
  • नुनको पानीको प्रभाव बढाउनका लागि त्यसमा बेकिङ सोडा पनि थप्न सकिन्छ ।
  • तरकारी सफा गर्नका लागि ह्वाइट भिनेगरलाई पानीमा मिसाउनुहोस् र यस पानीमा ५ देखि १० मिनेटसम्म तरकारीलाई भिजाएर राख्न सकिन्छ । यसले पनि तरकारीहरू राम्रोसँग सफा हुन्छन् र कीटनाशक हट्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved