काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले एमाले सांसद रघुजी पन्तलाई कसैको निगाहबाट संसद्मा नआएको जवाफ फर्काएका छन् ।
एमाले सांसद पन्तले जुम्लामा हाहाहाहू गरेर संसद्मा आएको टिप्पणी गरेपछि उनले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका हुन् ।
एमाले सांसद पन्तले संसद्मा राजाहरूका काण्ड सुनाएपछि शाहीले उठेर प्रतिवाद गरेका थिए । त्यसपछि पन्तले जुम्लामा जस्तो हाहाहाहू नगर्न र इतिहास पढेर बहसमा उत्रिन चुनौती दिएका थिए ।
उनले फेसबुकमा लेखेका छन्, ‘जुम्लाबाट हाहा होहो गरेर आएको होइन जनताबाट चुनाव जितेर जुम्ली जनताको आशिर्वाद थापेर आएको हो माननीय ज्यू, तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन ।’
पन्त र शाहीबीच राजतन्त्रको विषयमा संसद्मा नोकझोक परेको थियो ।
Facebook Comment
Comment