चलचित्रमा अनावश्यक सेन्सरप्रति रास्वपाको विरोध

नेपालभ्युज

चलचित्रमा अनावश्यक सेन्सरप्रति रास्वपाको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले सरकारले चलचित्रमा अनावश्यक सेन्सर गरेको भन्दै संसद्मा विरोध गरेका छन् ।

प्रदर्शनमा आएका चलचित्र लाज शरणम् र राजागंजमा अनावश्यक सेन्सर भएको भन्दै उनले आपत्ति जनाएका हुन् । चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति हुँदा कलालाई समेत राजनीतिक दृष्टिकोणबाट हेरेर अनावश्यक सेन्सरको काम भइरहेको उनले बताए ।

अनावश्यक सेन्सरप्रति व्यङ्ग्य गर्दै उनले भने,’सरकारलाई राजा भन्ने शब्द सुन्ने बित्तिकै डर लाग्छ की के हो चलचित्र राजागंजमा सेन्सर भएको छ । एमालेका अध्यक्ष केपी ओलीले संविधानसभाबाट बाहिरिएकाहरूलाई झरेको आँप भन्नुभएको थियो । त्यही संवाद चलचित्रमा राखिँदा सेन्सर भयो । अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउँदै सेन्सरको कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला ।’

चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति बन्द गर्न उनले माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved