चैत १५ गते गणतन्त्र भर्सेस राजतन्त्र !

नेपालभ्युज

चैत १५ गते गणतन्त्र भर्सेस राजतन्त्र !

काठमाडौं । यही चैत १५ गते देशमा गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि आन्दोलनको घोषणा गरेसँगै दुई पक्ष एकैदिन सङ्घर्षका लागि काठमाडौंको सडकमा उत्रँने निश्चित भएको हो ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना समर्थकलाई सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रसाईंले राजसंस्था पुनर्वहालीसँगै विभिन्न जनजीविकाका सवाल उठाउँदे आन्दोलन गर्न लागिएको जनाएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रलगायत दल सम्मिलित समाजवादी मोर्चाले पनि १५ गतेका लागि सङ्घर्षको कार्यक्रम तय गरेको छ । मोर्चाले शनिबार पत्रकार सम्मेलन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको ठहर गर्दै सङ्घर्षमा उत्रँने जानकारी दिएको थियो ।
उसले प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रका विरुद्ध सभा गर्न लागिएको जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजसंस्था पक्षधर समूह गत फागुन २५ गतेदेखि आन्दोलनरत छ । उनीहरूले राजसंस्था पुनस्र्थापना गर्न निर्णायक आन्दोलन गरिरहेको दाबी गरिरहेका छन् । यस्तोमा गणतन्त्र पक्षधरहरू पनि सडकमा उत्रँन लागेका हुन् । यसले गर्दा १५ गते मुडभेडको स्थिति आउन सक्ने पनि आँकलन गरिएको ।

समाजवादी मोर्चाले भन्यो – राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी लागे

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved