प्रधानमन्त्री कपमा आज दुई खेल : आर्मीसँग कोशी, पुलिससँग मधेश भिड्दै

नेपालभ्युज

प्रधानमन्त्री कपमा आज दुई खेल : आर्मीसँग कोशी, पुलिससँग मधेश भिड्दै

काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन्।  नेपाल आर्मी क्लब र कोशी प्रदेश बीचको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ भने मधेश र नेपाल पुलिस क्लबको  फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। यी दुवै खेल बिहान ९ बजे सुरु हुने बताइएको छ ।

जारी प्रतियोगितामा  तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको  आर्मी तालिकाको शीर्ष स्थानमा छ भने तीनमा तीन खेल नै गुमाएको कोशी तालिकाको पुछारमा रहेको छ ।

नेपाल प्रहरीले समान ६ अंक बनाए पनि रनरेटको आधारमा अंक तालिकामा दोस्रो स्थानमा छ। तीनमा एक खेल गुमाएको सशस्त्र  चार अंकसहित तेस्रो स्थानमा छ। समान चार अंक भए पनि लुम्बिनी रनरेटका आधारमा चौथो स्थानमा छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved