बङ्गलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि हिंसात्मक प्रदर्शन

नेपालभ्युज

बङ्गलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि हिंसात्मक प्रदर्शन

काठमाडौं । बङ्गलादेशमा बलात्कारमा परेकी ८ वर्षिया बालिकाको मृत्युपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको छ ।

एक आठ वर्षीया बालिका बलात्कृत भएकी थिइन्, बिहीबार उनको मृत्यु भयो ।

बालिकाकी आमाले दिएको उजुरीअनुसार मार्च ५ को राति मागुरा शहरमा आफ्नी दिदीको घरमा गएकी बालिकामाथि बलात्कार भएको थियो ।

प्रहरीले मुद्दा दर्ता गरी बालिकाकी दिदीको श्रीमान, ससुरा, सासू र देवरलाई पक्राउ गरी हिरासतमा राखेको बीबीसीले जनाएको छ ।

बिहीबार राति बालिकाको मृत्युको खबर सुनेपछि आक्रोशित भीड घटना भएको भनिएको स्थानमा पुगेको थियो । भीडले त्यो घरमा आगो लगाइदिएको छ ।

ती बालिकालाई मार्च ८ मा अस्पताल भर्ना गरिएको थियो र राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा छ दिनसम्म गम्भीर अवस्थामा बिताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved