नाटो महासचिवलाई सँगै राखेर ट्रम्पले भने – ग्रीनल्याण्ड कब्जा गर्छौं

नेपालभ्युज

नाटो महासचिवलाई सँगै राखेर ट्रम्पले भने – ग्रीनल्याण्ड कब्जा गर्छौं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड कब्जा गर्ने बताएका छन् ।

नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले यस्तो बताएका हुन् ।

पत्रकारले ह्वाइट हाउसमा रुटसँगको भेटपछि ट्रम्पलाई ग्रिनल्याण्ड कब्जा गर्ने बारे सोधेका थिए । जवाफमा उनले भने, “मलाई लाग्छ यो हुनेछ ।”

समाचार एजेन्सी एएनआईका अनुसार उनले भने, “म यस्तै सोचिरहेको छु । मैले यो विषयमा धेरै सोचेको छैन । तर, म जुन व्यक्तिसँग बसिरहेको छु, उसले यस विषयमा धेरै प्रभावकारी भूमिका खेल्न सक्छ ।”

ट्रम्पले थपे, “मार्क, तपाईंलाई थाहा छ । हामीले अन्तर्राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यो गर्न आवश्यक छ । हाम्रा धेरै सहयोगीहरू तट वरिपरि घुमिरहेका छन् । हामी होसियार हुनुपर्छ । हामी यसबारे तपाईंसँग कुरा गर्नेछौं ।”

ग्रीनल्याण्ड उत्तरी अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो बाटोमा रहेको विश्वको सबैभन्दा ठूलो टापु हो ।

यो अमेरिकाको सबैभन्दा ठूलो अन्तरिक्ष सुविधाको केन्द्र पनि हो । अमेरिकाले लामो समयदेखि ग्रीनल्याण्डलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मान्दै आएको छ ।

यसका साथै विश्वका धेरै दुर्लभ खनिजहरूको ठूलो भण्डार पनि यहाँ अवस्थित छ, जुन ब्याट्री र उच्च-प्रविधि उपकरणहरू बनाउन प्रयोग गरिन्छ ।

सम्बन्धित सामग्री – 

अमेरिकाले ग्रीनल्याण्डमाथि आक्रमण गर्ला ? यी हुन् चार सम्भावना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved