सुनको मूल्यमा रेकर्ड ब्रेक, बन्यो अहिलेसम्मकै महङ्गो

नेपालभ्युज

सुनको मूल्यमा रेकर्ड ब्रेक, बन्यो अहिलेसम्मकै महङ्गो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले बढेको छ ।

सुन तोलाको १ लाख ७४ हजा ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि १३ फागुनमा सुन तोलाको १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved