हुप्रचौरमा बेवारिसे प्रेसर कुकर भेटिएपछि स्थानीय त्रसित

नेपालभ्युज

हुप्रचौरमा बेवारिसे प्रेसर कुकर भेटिएपछि स्थानीय त्रसित
फाइल तश्वीर

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि उनले प्रहरीलाई खबर गरेकी छन् ।

जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई सुरक्षित राखेको बताइएको छ । प्रेसर कुकर बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टिमलाई खबर गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved