प्रधानमन्त्री कप क्रिकेट:

एपीएफलाई मधेसको सामान्य लक्ष्य, पवनको अर्धशतक

नेपालभ्युज

एपीएफलाई मधेसको सामान्य लक्ष्य, पवनको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा मधेसले एपीएफ क्लबलाई १६९ रनको लक्ष्य बनाएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मधेसले ४०.४ ओभरमा १६८ रनमा अलआउट भएको हो ।

मधेसका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । पवनले ७७ बलमा ८ चौका र ५ छक्का प्रहार गरेर ७७ रन बनाए ।

कप्तान अनिल साहले १७ र मयन यादवले ११ रन बनाए। रुपेश सिंह र प्रदिप पास्वानले १०–१० रन बनाए ।

एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए । कमलले ९ ओभरमा ५५ रन खर्चे । सोक्रममा उनले १ मेडन ओभर पनि फाले ।

भुवन कार्की र रोहित पौडेलले २–२ विकेट लिए । अभिषेक गौतमले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved