काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि फागु (होली) पर्वको रौनक छ ।
वसन्तपुरलगायत ठाउँमा विशेषगरी युवायुवती र बालबालिका बिहानैदखि एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् ।
होलीलाई मर्यादित बनाउन सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरिरहेका छन् ।
रङहरूको पर्वका रुपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।
वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा यही फागुन २३ गते तीनखण्डे चीर ठड्याएसँगै यस वर्षको होली विधिवत सुरु भएको थियो ।
हिन्दू धार्मिक मान्यताअनुसार द्धापर युगमा भगवान् श्रीकृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहँदै आएको छ ।
प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीको दिन चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व आरम्भ हुने गरेको छ ।
काठमाडौं उपत्यकासँगै पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै छ ।
तराई-मधेसका जिल्लामा भने शुक्रबार होली मनाइँदै छ ।
हेरौँ तस्वीरहरू :

सम्बन्धित समाचार :
Facebook Comment
Comment