‘मितज्यू’बाट नेपाली सिनेमामा डेब्यू गर्दै तेरिया

नेपालभ्युज

‘मितज्यू’बाट नेपाली सिनेमामा डेब्यू गर्दै तेरिया

काठमाडौं । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन-३ की विजेता तेरिया फौजा मगरले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् ।

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’बाट उनले डेब्यू गर्ने तयारी छ । फिल्मको मुख्य भूमिकामा तेरियासहित अभिनेता दयाहाङ राई देखिनेछन् ।

तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘युन की यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा काम गरेकी थिइन् ।

जनक घर्तीमगरको लगानी रहने फिल्ममा जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।

आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved