नैतिकता उल्लङ्घन गर्दै ट्रम्पले किने टेस्लाको गाडी

नेपालभ्युज

नैतिकता उल्लङ्घन गर्दै ट्रम्पले किने टेस्लाको गाडी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाको व्यापार बढाउन सो कम्पनीको गाडी किनेका छन् ।

टेस्ला कम्पनीका मालिक तथा आफ्ना सहकर्मी इलोन मस्कले व्यापारमा लगातार घाटा व्यहोरिरहेको बेलामा ट्रम्पले विज्ञापनका लागि गाडी किनेको न्यूओर्क टाइम्सले जनाएको छ ।

ह्वाइट हाउसमा मस्कको उपस्थितिमा आयोजित एक कार्यक्रममा ट्रम्पले रातो रङ्गको एस मोडल मन पराएको भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

राष्ट्रपतिले निजी कम्पनीलाई यसरी सार्वजनिक समर्थन गर्नु असामान्य र सम्भावित नैतिकता उल्लङ्घन हो ।

बहालवाला अमेरिकी राष्ट्रपतिले कुनै पनि कम्पनी वा वस्तुको विज्ञापन गर्दैनन् । अमेरिकामा कार्यकारी अङ्गका अधिकारीहरूले विज्ञापन गर्न नपाउने नियम नै छ ।

तर, ट्रम्पले पनि राष्ट्रपति निवासमै खुल्लम-खुल्ला आफूलाई सबैभन्दा धेरै चन्दा दिने मस्कको कम्पनीको प्रचार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved