काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन स्टिल, आल्मुनियम र अन्य धातुहरूमा ५० प्रतिशत कर लगाउने योजना रोकेका छन् । उक्त योजनालाई ट्रम्पले अस्थायी रुपमा मात्रै रोकेको बीबीसीको समाचारमा उल्लेख छ ।
यद्यपि, क्यानडाबाट आयात हुने यी धातुहरूमा २५ प्रतिशत भन्सार महसुल भने जारी रहनेछ, जुन अमेरिकी समयअनुसार बुधबारदेखि लागू हुनेछ ।
क्यानडाको ओन्टारियो प्रान्तले केही उत्तर अमेरिकी राज्यहरूमा पठाइने बिजुलीमा नयाँ २५ प्रतिशत शुल्क लगाउन बन्द गर्ने निर्णय गरेपछि ट्रम्पको यो कदम आएको हो ।
यसअघि ट्रम्पले बिजुली आपूर्तिमा लाग्ने यो शुल्कमा क्यानडामाथि भारी शुल्क लगाउने ‘धम्की’ दिएका थिए ।
यो दुई देशबीच चलिरहेको व्यापार युद्धको सन्दर्भमा एक महत्त्वपूर्ण कदम भएको विष्लेषण गरिएको छ । जुन अमेरिका र क्यानडा दुवै देशअर्थतन्त्रका लागि घातक मानिएकाे थियाे ।
अमेरिकाले स्टिल आयात गर्ने देशहरूमा सन् २०२४ यता क्यानडा अग्रपङ्क्तिमा छ ।
Facebook Comment
Comment