क्यानडाको प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ट्रुडो कुर्सी बोकेर बाहिरिए

नेपालभ्युज

क्यानडाको प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ट्रुडो कुर्सी बोकेर बाहिरिए

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पदबाट राजीनामा दिएपछि रमाइलो शैलीमा संसद्‌बाट कुर्सी नै बोकेर बाहिरिएका छन् ।

कुर्सी बोकेर बाहिरिँदै गरेका ट्रुडोले जब क्यामेराको सामना गरे त्यसपछि उनले जिब्रो निकालेका थिए । अहिले उनको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

परम्पराअनुसार क्यानाडाली सांसदहरूले संसद्‌बाट बाहिर निस्कँदा आफ्नो कुर्सी पनि साथमा लैजान पाउने अनुमति छ ।

टोरन्टो सनका राजनीतिक स्तम्भकार ब्रायन लिली भन्छन्, “जब कुनै पनि सांसद कमन्सबाट बाहिरिन्छन्, उनीहरूलाई आफ्नो कुर्सी, आफ्नो सिट आफूसँगै लिन अनुमति दिइन्छ । मलाई यो एउटा महान परम्परा लाग्छ, जसलाई म समर्थन गर्छु । यसो भनिए पनि यो ट्रुडोको आफ्नो अनौठो तस्वीर हो । साथै, सायद आसन्न चुनावको अर्को सङ्केत ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved