प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपालभ्युज

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
फाइल तस्वीर

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा उल्लेख छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् ।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायत कार्यसूची रहेका छन् ।

प्रतिनिधिसभाको बैठक मङ्गलबार पनि बसेको थियो । सो बैठकमा प्रमुख प्रतिपक्षी दलमा नेतासमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

सम्बन्धिक समाचार :

संसदमा सरकारको आलोचना गर्दा प्रचण्ड स्वयंतिर सोझिएका प्रश्न


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved