युक्रेन युद्धविराम गर्न तयार, अमेरिकाले फेरि सहायता सुरु गर्ने

नेपालभ्युज

युक्रेन युद्धविराम गर्न तयार, अमेरिकाले फेरि सहायता सुरु गर्ने

काठमाडौं । युक्रेनले रुससँग तत्काल युद्धविराम गर्न अमेरिकाले प्रस्ताव स्वीकार गरेको छ । साउदी अरेबियामा अमेरिकासँग भएको वार्ताको एक दिनपछि युक्रेनले यस्तो बताएको हो ।

युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको बीबीसीको समाचारमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो प्रस्ताव रुससमक्ष राख्ने बताएका छन् । उनले भने, ‘अब बल रुसको कोर्टमा छ ।’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब युद्धविरामका लागि रुसलाई तयार पार्ने काम अमेरिकाको हातमा रहेको बताएका छन् ।

करिब दुई हप्ताअघि अमेरिकी राष्ट्रपतिको कार्यालयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच भएको विवादपछि मङ्गलबार दुई देशबीचको पहिलो आधिकारिक बैठक साउदी अरेबियामा भएको थियो ।

संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनसँग तुरुन्तै गोप्य जानकारी र सुरक्षा सहयोग सुरु गर्ने पनि बताएको छ ।

ट्रम्प र जेलेन्स्कीबीचको बेमेलपछि अमेरिकाले यसमा प्रतिबन्ध लगाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved