दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो

नेपालभ्युज

दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले राप्रपाको कारण राजसंस्था हटेको आरोप लगाएका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै प्रसाईंले राप्रपाले हिजोका दिनमा फ्रड काम गरेका कारण राजसंस्था हटेको बताए ।

उनले भने, “हिजोका दिनमा सबैभन्दा फ्रड काम गरेको राप्रपाले हाे । ०७२ साल असोज ४ गते राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले साइन नगरेको भए न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो । पहिले तिलाञ्जली दिए अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्न आए ।”

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो लडाइँको रथ हाँक्नसमेत आग्रह गरे । “राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्,म अर्जुनको भूमिकामा वाण चलाउँछु ।” प्रसाईंले भने ।

उनले राप्रपा माहोल बनेपछि ढोक्सा थाप्न आएको आरोप पनि लगाए । उनले भने, “गणतन्त्रमा जाने भोज खाने खड्गप्रसाद ओलीसँग फोन गर्ने, अनि माहोल बन्यो भने परिहाल्छ कि भनेर त्यो गर्ने, ढोक्सा थाप्न आउने ।”

पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट काठमाडौं आउँदा राजावादीहरू स्वागत गर्न विमानस्थल पुगेका थिए । त्यसक्रममा राप्रपा र राप्रपा नेपालका नेताहरु पनि त्यहाँ पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved