दुई दिन लगातार बढेको सुनको मूल्य आज घट्यो

नेपालभ्युज

दुई दिन लगातार बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनदेखि बढिरहेको सुनको मूल्य मङ्गलबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन तोलामा १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ सय र सोमबार पनि १ सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । ताेलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved