काठमाडौंका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा

नेपालभ्युज

काठमाडौंका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

जिप्रका काठमाडौंका अनुसार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने आदेशमा जनाईएको छ ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved