हमासको कब्जामा कति बन्धक जीवितै छन् ?

नेपालभ्युज

हमासको कब्जामा कति बन्धक जीवितै छन् ?

काठमाडौं । हमास र इजरायलबीच दोस्रो चरणको युद्ध विरामका लागि छलफल चलिरहेको छ ।

पहिलो चरणको युद्धविराम समाप्त भइसकेको छ । दोस्रो चरणको युद्धविरामको सम्झौता हुनु अगावै इजरायलले गाजा क्षेत्रको विद्युत् कटौती गरेको छ ।

पहिलो चरणको ४२ दिने युद्धविरामका क्रममा हमासले ३३ जना बन्धक रिहा गरेको थियो । इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलका अनुसार अब हमासको कब्जामा २४ जना जीवित बन्धक छन् ।

इजरायलका अनुसार हमासको बन्धनमा रहेका २४ जनामध्ये २२ जना इजरायली हुन् । १ जना थाइल्याण्डका नागरिक हुन् भने एक नेपाली विद्यार्थी विपिन जोशी हुन् । यी २४ जना जीवितै रहेको इजरायलको दाबी छ ।

२२ जना इजरायलीमध्ये ४ जना सैनिक हुन् भने बाँकी नोभा म्यूजिक फेस्टिवलमा सुरक्षा गार्ड छन् ।

हमास र इजरायलबीच दोस्रो चरणको युद्धविराम भएमा यी २४ जना रिहा हुने छन् । हमासको नियन्त्रणमा ३५ जना बन्धकको शव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved